Aamsanchar

कोरोना डरको कारण राष्ट्र बैंकले यो बर्ष नयाँ नोट नसाट्ने

Author Image
आइतवार, असोज २५, २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम बढेकाले नयाँ नोट वितरण नगर्ने निर्णयमा राष्ट्र बैंक पुगेको हो ।

राष्ट्रबैंकका प्रवक्ता गुणाकर भट्टले परिस्थिति असहज भएका कारण नयाँ नोट वितरण गर्न नसकिने बताए । अघिल्ला वर्षहरूमा राष्ट्र बैंकले सेवाग्राहीलाई नयाँ नोट वितरण गर्दै आएको थियो ।

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएकाले शाखा कार्यालयमार्फत पनि नयाँ नोट वितरण नगर्ने प्रवक्ता भट्टले बताए । गत वर्ष दशैँका बेला राष्ट्र बैंकले ६० अर्ब रुपैयाँका नयाँ नोट बाँडेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर