Aamsanchar

गुडिरहेको बसमा आगलागी

Author Image
सोमवार, असोज २६, २०७७

काठमाडौं । धादिङको थाक्रेमा गुडिरहेको एक बसमा आगो लागेको छ । सोमबार बिहान सवा तीन बजे थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो । हेटौंडामा सो बसलाई सामान्य मर्मत गरेर थप मर्मतका लागि काठमाडौंतर्फ ल्याउँदै गर्दा आगो लागेको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । तार सट भएर आगो लागेको अनुमान छ । बसमा यात्रुहरु थिएनन् । बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आगोबाट बसको अगाडि र पछाडिको भाग जलेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर