Aamsanchar

रुग्ण र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन

Author Image
मङ्गलवार, असोज २७, २०७७

काठमाण्डौ– विद्युत् नियमन आयोगले १० मेगावाट वा त्यो भन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले पत्र लेखेर रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो । विद्युत खरिद बिक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६ अनुसार भएको व्यवस्थाको कार्यान्वयन नभएको उल्लेख गर्दै आयोगले ध्यानाकर्षण गराएको हो ।

आयोगले प्राधिकरणलाई विनियमावलीमा भएको व्यवस्थाको वस्तुनिष्ठ कार्यान्वयन गर्न भनेको छ । आयोगले निर्देशन जारी भएको मितिदेखि अहिलेसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवर्द्धकलाई आउँदो महिना पाउने बिलमा मिलान गर्न समेत निर्देशन दिएको सचिव नुतनप्रकाश शर्माले जानकारी दिनुभयो । यस्तै प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस्टेशनमा क्षति पुग्न गइ प्राधिकरणले विद्युत् खरिद गर्न नसकेको अवस्थामा पनि निजी ऊर्जा उत्पादकले क्षतिपूर्ति माग गर्न नपाउने पत्रमा उल्लेख गरिएको छ । कुल ७१ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना विभिन्न कारणले रुग्ण बनेको भन्दै प्रवर्द्धकले सरकारसँग राहत माग गर्दै आएका छन् । उनीहरुले उत्पादित विद्युतले खर्च धान्न समेत नसकेको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य बढ्याे
शुक्रवार, वैशाख २८, २०८१
पर्वतका ९१ वटा साना उद्योग बन्द
बिहिवार, वैशाख २७, २०८१
सुनको मूल्य
बिहिवार, वैशाख २७, २०८१