Aamsanchar

आज घट्यो सुनचाँदीको भाउ

Author Image
बुधवार, असोज २८, २०७७

काठमाण्डौ – सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ नै घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ । हिजो पनि चाँदी तोलामा २० रुपैयाँ नै घटेर तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको भाउ घटबढ भैरहेको महासंघ अन्तरर्गतको भाउ निर्धारण समिति संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१