Aamsanchar

‘यस पुस्तामा नै विधमान लैगिंक असमानतालाई चिरफार गरौं’

Author Image
बिहिवार, असोज २९, २०७७

यसवर्ष अर्थात सन् २०२० निकै पृथक र विषम परिस्थितीमा अघि बढ्दै आएको छ, आज यस वर्षको अक्टोबर महिनाको १५ तारिख अर्थात यसदिनमा पछिल्ला वर्षहरु झैं विश्वभरि ग्रामीण मािला दिवस मनाइन्छ । यस वर्ष अन्य वर्षहरु झैं भौतिक उपस्थितीमा कार्यक्रमहरु नहुन पनि सक्दछन् तर सामाजिक सञ्जाल र भर्चुअल भेटघाटमार्फत विश्वभरिका ग्रामीण महिलाका अधिकार उत्थान पैरवी गरिनेछ ।घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाईन्छ । ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागीता गराई गरिबी न्युनिकरणमा टेवा पुर्याउनु यो दिवस मनाउनुको अर्को ठुलो उदेश्य हो ।

सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो । नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै यो दिवस वि.स. २०७० देखि मनाउन थालिएको हो । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्ने भएकोले त्यसका लागि ग्रामीण महिलाहरु नै महत्वपूर्ण प्रतिनिधि हुन भन्ने राष्ट्र संघको बिचार रहेको छ । नेपाल जस्ता विकासोत्मूख देशहरुमा भने सम्पति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच पुग्न सकेको छैन । ग्रामीण महिलाहरुलाई शसक्तिकरणका माध्यमबाट सक्षम नागरिकका रुपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने विश्वास गरिएको छ ।

“I am Generation Equality: Realizing Women’s Rights” सन् २०२० को ग्रामीण महिला दिवसको नारा रहेको छ, यस पुस्तामा नै विधमान लैगिंक असमानतालाई चिरफार गर्दै महिला अधिकारको विगुल फुक्दै यस वर्ष ग्रामीण महिला दिवसले कोभिड १९ को कहरले थप फितलो बनाएको लैगिंक समानताको धरातल उपर पनि प्रश्न उठाउने बताइएको छ । ह्याश्ट्या #Ruralwomen ग आजको दिनका लागि विश्वभरिका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रयोग गर्नेछन् ।

ग्रामीण अर्थव्यवस्थाको विकासका लागि समेत महिलाहरुले ठुलो योगदान गरेका हुन्छन् । खासगरी अन्नबाली उत्पादन पशुचौपाया पालन घरेलु श्रमको व्यवस्थापन तथा जल र खाद्यान्न व्यवस्थापनमा महिलाको महत्वपूर्ण योगदान हुन्छ । यसका साथै घर परिवारमा रहेका बालबालिका जेष्ठ नागरिक र बिरामीहरुको स्याहारमा सवैभन्दा ठुलो जिम्मेवारी महिलाले सम्हालेका हुन्छन्‍ । यिनै भूमिकाहरुका कारण महिलालाई परम्परागत जिम्मेवारीका साथ खुल्ला अवसरहरुमा समान सहभागीताको औचित्य पुष्टि भएको छ । नेपालमा महिला सहभागीताको आवाज निकै बुलन्द बनेको छ । शहरी क्षेत्रमा मात्रै हैन, गाउँघरमा पुग्ने साना-साना विकास निर्माणका योजनाहरुमा समेत महिलालाई अनिवार्य सहभागी गराउनु पर्ने नीतिगत व्यवस्थाले ग्रामीण महिलाहरुमा जागरुकता ल्याएको छ ।

चुलोचौकामा सिमित रहेका महिलाहरुलाई बाहिरी परिवेशबारे जान्ने अवसर मिलेको छ । जबसम्म ग्रामीण महिलाहरुको विकासका लागि प्रयासहरु गरिंदैन, तबसम्म देशको विकास हुदैन । हाम्रो जस्तो देशको विकासका लागि आधाभन्दा बढी संख्या रहेका महिलाहरुको विकास नभई नहुने पक्ष हो । त्यहि भएर ग्रामिण महिलाको समग्र विकासका लागि मानिसहरुमा चेतना जगाउन पनि यो दिवस मनाउनु अत्यावश्यक रहेको छ । महिला पुरुषबीचको विद्यमान सामाजिक असमानता, आर्थिक तथा सांस्कृतिक विभेदहरु कायमै छन् । त्यहि भएर हरेक निकायमा महिला र पुरुषको समतामूलक सहभागिता विना राष्ट्रको सन्तुलित तथा दिगो विकासलाई स्विकार्नै सकिंदैन ।

लैंगिक समानता र महिला सशक्तिकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति र राज्यका हरेक निकायमा महिला त्यसमा विशेषगरी ग्रामीण महिलाहरुको पहुँच समान रुपमा सुनिश्चत हुनु अत्यावश्यक रहेको छ । महिला सशक्तिकरणका लागि विश्वव्यापीरूपमा प्रयासहरु नभएका भने होईनन् । विभिन्न आन्दोलन र अभियानहरुका कारण संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घीय महिला वर्षरुपमा मनाएको थियो । त्यसैगरी सन् १९७५ देखि १९८५ सम्मको समयलाई महिला दशक घोषणा गरी विभिन्न घोषणापत्रहरु जारी गरिएको थियो । सन् २००० देखि २०१५ सम्मको सहश्राब्दी विकास लक्ष्य अनुसार लैंगिक समानता, प्रवर्द्धन तथा महिला सशक्तिकरणका लागि प्रयासहरु गरिएकाछन् । सोहीअनुरुप नेपाल जस्ता अल्पविकसित देशहरुमा छुट्टाछुट्टै कार्यक्रम तथा योजनाहरु बनाई कार्यन्वयन गरिंदै आएकाछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर