Aamsanchar

गाँजा तथा कर छली अभियोगमा दुई युवा पक्राउ

Author Image
शुक्रवार, असोज ३०, २०७७

 

खोटाङ — गाँजा तथा कर छली अभियोगमा दुई युवा पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्ताका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपाली बुधबार बेलुका पक्राउ परेका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । उनीहरुबाट ७ केजी गाँजा, गाँजा बनाउने मेसिन एक सेट, १५ बोरा क्याकेट सुर्तीलगायत बरामद गरिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्दै डिएसपी चिमरीयाले लागूऔषधसम्बन्धी मुद्दा दायर गरी म्याद थपेर अनुसन्धान थालिएको बताए । उनका अनुसार राजस्व कर छलीमा पनि मुद्दा चलाउन करदाता सेवा कार्यालय खोटाङलाई पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर