Aamsanchar

दशैँ तिहार नजिकिएसँगै पाँचथरको फिदिममा बढ्यो राटो माटोको कारोबार

Author Image
शुक्रवार, असोज ३०, २०७७

पाँचथर –  दशैँ तिहार नजिकिएसँगै पाँचथरको फिदिममा राटो माटोको कारोबार बढेको छ ।  स्थानीय चारखम्बेको रातोमाटो दशैँ तिहारको समयमा बर्सेनि बिक्री हुने गर्दछ । घर पोत्न र सिँगार्न प्रयोग गरिने रातोमाटो प्रतिबोरा ६० देखि १ सय रुपैँयामा बिक्री भइरहेको छ । यहाँको रातोमाटो पाँचथर जिल्लासँगै तेह्रथुमको आठराई क्षेत्र, ताप्लेजुङ, इलाम र झापासम्म पनि बिक्री हुने गर्दछ ।

रातोमाटो बेचेरै दशैँ, तिहार खर्च जुटाउँदै आउनु भएकीे चारखम्बेकी मिरा गुरुङलाई अहिले रातो माटो बेच्न भ्याइ–नभ्याइ छ । उहाँ ५ वर्षयता यहाँको माटो बेचेर दशैँ तिहार खर्च जुटाउँदै आएको बताउनुहुन्छ।अघिल्लो वर्ष रातोमाटो बेचेर डेढ लाख रुपैयाँ आम्दानी गरेको गुरुङको भनाइ छ । उहाँले चारखम्बेमा रहेको आफ्नै जग्गाबाट ५ जना कामदार लगाएर रातोमाटो निकालेर बिक्री गरिरहनुभएको छ ।यस क्षेत्रमा आफ्नै जग्गा नहुनेहरुले पनि जग्गाधनीलाई प्रतिबोरा १५ रुपैयाँ दिएर रातोमाटो निकालेर बिक्री गर्ने गर्दछन् । फिदिम–४ का क्षितिज खवासले जग्गा लिजमा लिएर रातोमाटो निकालेर बेचिरहनु भएको छ । दशैँ तिहारको समयमा जग्गा लिजमै लिएर भएपनि दशैँ तिहार खर्च जुटाउँदै सहजै जुटेने उहाँको भनाइ रहेको छ । यहाँको माटो ट्रयाक्टरमा हालेर गाउँगाउँमा लगेर बिक्री गर्ने गरिन्छ । विभिन्न ठाँउबाट एक महिनाअघि देखिनै माटो किन्नेहरु यहाँ आउने गर्दछन् । अरु ठाँउमा पाइने रातोमाटोभन्दा यहाँ पाइने माटो चम्किलो हुने भएकाले यहाँको रातोमाटोको धेरैको रोजाइमा पर्ने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर