Aamsanchar

जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी दिवस सामान्य ढंगले मनायो

Author Image
शुक्रवार, असोज ३०, २०७७

चन्द्रगढी । जिल्ला प्रहरी कार्यालय झापाले ६५ औं प्रहरी दिवस सामान्य रुपमा सम्पन्न गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रम विगतको बर्षमा आयोजना हुने कार्यक्रमको तुलनामा अत्यन्तै साधारण तरिकाले सम्पन्न गरिएको थियो ।
नजिकैका सिमित अतिथिहरु मात्र बोलाईएको थियो, कुनै खास हर्ष उल्लाहस देखिएको थिएन । सबैको मुखमा मास्क अनिवार्य र दुईमिटरको दुरीमा बस्नु पर्ने नियमका कारण पनि एक आपसमा अन्तर सम्वाद र भलाकुसारी गफगाफ हुन नपाएकोले कार्यक्रममा उपस्थितहरु निशब्द बन्नु परेको थियो ।

कोरोना कहरका बीच आयोजना गरिएको कार्यक्रम औपचारिक पुरा गर्न भए पनि गर्नु पर्ने बाध्यतामा प्रहरीहरु रहेका थिए । संक्रमण फैलिन्छ की भन्ने डर अनि सोही कार्यक्रममा दिवंगत अमर प्रहरीहरुलाई सम्झने श्रद्धाञ्जलि दिने कार्यक्रम भएकोले पनि सबैको अनुहार मुलायम देखिएको थियो ।

बर्षभरी डिउटीमा खटिईरहने प्रहरीहरुका लागि आजको दिन हर्षउल्लासको दिन पनि हो, तल्लो तहका प्रहरी देखि माथिल्लो तहमा प्रहरीहरु र समाजका लब्दप्रतिष्ठित व्यक्तीहरु त्यसै गरि प्रहरीहरुका परिवार बालबालिका एकै ठाउँ भेला भएर रमाईला कार्यक्रममा भाग लिदै, अवलोक गर्न प्रहरीहरुका लागि दिवस एक सुवर्ण दिन पनि मानिन्छ ।

वर्तमान स्वास्थ्य संवेदनशिललाई ध्यानमा राख्दै स्वास्थ्य मापदंण्ड पुरा गरेर आयोजना गरिएको कार्यक्रमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रहरी, अमर प्रहरीका परिवार, जग्गा दाता र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततिलाई सम्मान गरिएको छ । प्रजिअ तिम्सिनाले जिल्लामा दरबन्दीको १५ प्रतिशत प्रहरी कम हुँँदा पनि उच्च मनोबलका साथ सक्रियापूर्वक प्रहरीले काम गरिरहेकोमा प्रशंसा गरेका थिए ।

कार्यालयले उत्कृष्ट कर्मचारी प्रहरी नायब निरीक्षक उदय शम्शेर रानासहित आठ जनालाई नगदले सम्मान गरेको थियो । सम्मानित हुनेमा प्रनानि दीपबहादुर बानियाँ, असई शुभराज राई, जानुका चौहान, राजेश श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ र प्रहरी जवान साजन कार्की, मनकुमारी चौहान रहेका छन् ।

यसैगरी कार्यक्रममा गौरादहमा प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने गौरादह नगरपालिका–७ का रत्नबहादुर श्रेष्ठ, डम्बर कुमारी ढुङ्गेल, सकुन्तला देवी महतोलगायत पाँचजनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरले स्थापना गरेको प्रहरी सन्तति जेहेन्दार पुरस्कारबाट झापा गाउँपालिकास्थित कमुरखोद इलाका प्रहरी कार्यालयका प्रमुख हरिबहादुर थापाकी छोरी दुर्गा थापा र पूर्व प्रहरी हवल्दार जीवन ढकालका छोरा सुरज ढकाललाई नगद रु १० हजारका दरले सम्मान गरिएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

कार्यक्रममा ४५ जना अमर प्रहरी परिवारका सदस्यलाई सम्मान गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले स्वागत गरेको कार्यक्रममा पूर्व प्रहरी संघका अध्यक्ष खेमराज कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी वल २ नम्बर हेडक्वाटरका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर