Aamsanchar

चिनियाँ उच्च अधिकारीहरु भन्छन् : हुम्लामा नेपालको भूमि मिचिएको छैन

Author Image
शनिवार, कार्तिक १, २०७७

काठमाडौं । चीनले नेपालको भूमि नमिचिएको स्पष्ट पारेको छ । हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै चीनले हालै निर्माण गरिएका ती भवनहरु आफ्नै भूभागभित्रै परेको दावी गरेको छ । हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने चिनियाँ अधिकारीहरुले दावी गरेका छन् । चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्सका अनुसार बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवन निर्माणअघि सेना र सर्वेका अधिकारीहरुले आफ्नै भूमिका परोस भनेर विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् ।

नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रो पटक फिल्ड सर्वे र मापनको काम गरेका थिए । सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको थियो । चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको उल्लेख गरेका छन् । चिनियाँ अधिकारीले पिल्लर नं ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुनेसमेत उल्लेख गरेका छन् । चिनियाँ अधिकारीले नेपाली सर्वे टिमले केही गल्ती गरेको हुनसक्ने सो पत्रिकालाई बताएका छन् । यसअघि नेपालको परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत डा.महेन्द्रबहादुर पाण्डेले पनि चीनले नेपालको भूभाग नमिचेको बताइसक्नुभएको छ । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने चीनले नेपाली भूभाग मिचेको दाबी गर्दै सरकारले झूट बोलेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)