Aamsanchar

वीरगञ्जबाट २३ किलो सुन बरामद

Author Image
शनिवार, कार्तिक १, २०७७

काठमाडौं । पर्साको वीरगञ्बाट प्रहरीले २३ किलो सुन बरामद गरेको छ । सुन राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको र सुन कसले राखेको भन्नेबारेमा केहि नखुलेको डीएसपी नवजित कुँवरले जानकारी दिनुभयो ।अनुसन्धान सुरु भइसकेको र सुन राख्ने व्यक्ति छिटै पक्राउ पर्ने कुँवरले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१