Aamsanchar

एकै रात झापामा दुई कोरोना संक्रमितको मृत्यु

Author Image
शनिवार, कार्तिक १, २०७७

झापा । झापामा कोरोना संक्रमणका कारण एकै रात दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन् । मृतक दुवै जना पुरुष हुन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना थरका ५८ वर्षीय पुरुष रहेका छन् । उनको घरैमा मृत्यु भएको हो ।स्वास्थ्यमा समस्या भएपछि विहीवार स्वाब परीक्षणका लागि पठाइएको थियो । शुक्रवार रिपोर्ट पोजिटिभ आएपछि राति नै उनको मृत्यु भएको बताइएको छ ।

यता शिवसताक्षी नगरपालिका ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पीसीआरको रिपोर्ट पोजिटिभ आएको थियो । उनको पनि शुक्रवार राति नै मृत्यु् भएको बताइएको छ । यो संगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १५ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर