Aamsanchar

कोरोना कहरका बिच सूर्योदयले आयोजना गरेको रक्तदान कार्यक्रममा उल्लेखनिय रक्तदाताको उपस्थिती

Author Image
शनिवार, कार्तिक १, २०७७

कनकाई । कनकाई नगरपालिकमा रहेको सुर्योदय क्लवले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिका प्रमुख, कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । मेयर पोखरेलले आज सम्म ४४ पटक रक्तदान गरिसक्नुभएको बताईएको छ ।

कनकाई नगर बाल संजालका अध्यक्ष हिमांसु उप्रेतीले पहिलो पटक रक्तदान गरेका छन् ।

क्लवको आयोजना तथा अन्य स्थानीय दर्जन बढी संघ संस्थाको सहआयोजना तथा कनकाई नगरपालिका १ को समेत आर्थिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा कोरोना कहरको बीच पनि उल्लेखनिय रक्तदाताको उपस्थिती रहको थियो । ।

रक्तदानमा ४ महिला सहित ५७ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष रोहितकुमार कोइरालाले बताउँनुभयो । कोरोना टेसिङ्गका कारण कार्यक्रम प्रभावित बनेपनि कार्यक्रम सफ लबनेको कोइरालाले बताउँनुभयो ।

कार्यक्रममा कनकाई १ का वडाअध्यक्ष रोशनराज पोखरेल, ४ का वडाअध्यक्ष गोविन्द पौड्याल, कार्यपालिका सदस्य सीता अधिकारी , कनकाई खेलकुदका अध्यक्ष दिनानाथ खतिवडा, सचिव विनोद रानामगर लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो कार्यक्रमको संचालन क्लवका कुमार कोइराला र स्वागत उपाध्यक्ष जयप्रसाद सापकोटाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर