Aamsanchar

मोरङमा अबैध रुपमा भन्सार छली गरी ल्याएको करिव ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्य बरामद

Author Image
आइतवार, कार्तिक २, २०७७

मोरङ– अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको छ । भारतबाट अबैध रुपमा लुकाई छीपाई रानीको सिमा एरियाबाट ल्याउदै गरेको करिव ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसै गरी इनरुवा–दुहवी सडकखण्ड एरियाबाट भन्सार छली गरी लुकाई छीपाई ल्याएको २ लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आज विहान ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरेको हो । साथै सामान ल्याउन प्रयोग गरिएको दुई वटा टेम्पो समेत नियन्त्रणमा लिईएको छ । बरामद गरिएको सामान र टेम्पो समेत लाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर