Aamsanchar

कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई कोरोना

Author Image
मङ्गलवार, कार्तिक ४, २०७७

उदयपुर — कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित प्रमुख प्रशासकीय अधिकृत समेत गरी ४ जनालाई संक्रमण भएपछि आजबाट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, इलाका प्रशासन कार्यलय कटारीका प्रमुख चन्द सिवकोटी, कटारी नगर शिक्षा शाखाका स्रोत व्यक्तिमा कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले वताए ।

कात्तिक १ गते कटारीमा १३ जनालाई कोरोना संक्रमण भएपछि नगरप्रमुख सहित ४ जनाको स्वाब संकलन गरिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षण प्रयोगशालमा गरिएको परीक्षण रिपोर्ट नगर प्रमुख श्रेष्ठसहित ३ जनाको पोजिटिभ आएको छ । अन्य एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख दाहालले बताए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायतलाई कोरोना संक्रमण भएपछि कातिक १५ गतेसम्मलाई नगरपालिकका सम्पूर्ण सेवा बन्द गरिएको उप–प्रमुख भिमकुमारी राउतले बताइन् । उनले कटारी क्षेत्रमा कोरोना संक्रमण बढदै गएकाले सबैलाई सर्तकता अपनाउन र स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध समेत गरेकी छन् ।

यसअघि उदयपुरमा जिल्ला समन्वय प्रमुख र बेलका नगरपालिकाका मेयरलाई समेत कोरोना संक्रमण भएको थियो । उनीहरुको कोभिड १९ अस्पताल वेल्टारको आइसोलेसनमा उपचार भइरहको छ । अहिलेसम्म जिल्ला २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर