Aamsanchar

हस्यकलाकार गजुरेल पनि कोरोना पिडित

Author Image
मङ्गलवार, कार्तिक ११, २०७७

हास्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको पोजिटिभ रिपोर्ट सोमबार आए पछि कोरोना पिडित बनेको पुष्टि भएको हो ।

बिहीबारपछि टाउको दुख्यो, शुक्रबार ९८ डिग्रीसम्म ज्वरो देखियो र शनिबार ढाड दुखेपछि गजुरेलले पीसीआरका लागि स्वाब दिएका थिए ।

कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् ।

‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

गजुरेलले सचेत हुन सबैलाई आग्रह गरेका छन् । उनले नआत्तिन र चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बस्न भनेका छन्। उनले आफू जनस्वास्थ्यविद् डा। समीरमणि दीक्षितको सुझाव अनुसार उपचार गराइरहेको बताएका छन् ।

कलाकार गजुरेलले कोरोना भन्दा आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा बलियो भएको भन्दै कोरोना जित्ने बताएका छन्।

‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा भन्दा बलियो पक्कै छैन’, उनले फेसबुकमा भनेका छन्, ‘त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 489

प्रतिक्रिया (०)

सम्बन्धित खबर