Aamsanchar

आज सुनचाँदीको भाउ बढ्यो

Author Image
आइतवार, कार्तिक १६, २०७७


काठमाण्डौ : सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच भाउ महँगो भएर कारोबार फाट्टफुट्ट मात्रै भएपछि नेपालमा सुन आयात घटेको छ । यसअघि दैनिक १० किलोका दरले महिनामा विभिन्न बैंकले ३ सय किलोसम्म सुन आयात गर्ने गरेका महासंघले जनाएको छ । तर नयाँ आर्थिक वर्ष सुरु भएपछिको तीन महिनामा एक सय किलो मात्र सुन आयात भएको छ । भाउ बढेर कारोबार ठप्प जस्तै भएको भन्दै व्यवसायी निराश भएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर