Aamsanchar

जीप दुर्घटना हुदा एकको मृत्यु, दुई जना घाइते

Author Image
आइतवार, कार्तिक १६, २०७७


बाजुरा : बाजुरा जिल्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। ताप्रीसेराबाट बेलकाटीयाका लागि गएको से १ ज ११८० नम्बर जीप बुढीगंगा नगरपालिका- ४ को बेलकाट्यामा दुर्घटना भएको हो। दुर्घटनामा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।

शनिबार साँझ जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा बुढीगंगा नगरपालिका- ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। दुर्घटनापश्चात जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ठगुन्नाले बताए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर