Aamsanchar

मोरङबाट ८ लाख ८९ हजार २ सय ५० रुपैयाँसहित ५ जुवाडे पक्राउ

Author Image
आइतवार, कार्तिक १६, २०७७

विराटनगर — ८ लाख ८९ हजार २ सय ५० रुपैयाँसहित ५ जुवाडेलाई शनिबार बेलुकी मोरङको केराबारी गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विभिन्न सरकारी एवं गैर सरकारी संस्थाका कर्मचारीहरु, व्यवसायी तथा वैदेशिक रोजगारबाट फर्किएका भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा केराबारी–६ का ६० वर्षीय भुपेन्द्र भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका–६ का ३६ वर्षीय हरि खत्री, उक्त महानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी र ३८ वर्षीय शैलेश भुजेल हुन् ।

नगदसहित उनीहरुबाट १३ बुक तास, दुई स्कुटर र दुई मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय भुपेन्द्र भट्टराईको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा बेलुकी करिब साढे ५ बजे प्रदेश १ प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । खेलिरहेकै अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता नायब उपरीक्षक मानबहादुर राईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर