Aamsanchar

एटीएम मेसिन ‘फोड्दा फोड्दै’ एक युवक पक्राउ

Author Image
सोमवार, कार्तिक १७, २०७७

काठमाडौँ । एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । कैलाली टिकापुर नगरपालिका–९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाणलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्र बैंकको एटीएम फोडदै गरेको अवस्थामा खाणलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा खाणलाई पक्राउ गरिएको कालीमाटीका डीएसपी अपिलराज बोहोराले बताए । पक्राउ परेका खाणलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी बोहोराले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर