Aamsanchar

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको उम्मेदवारी घोषणा

Author Image
सोमवार, कार्तिक १७, २०७७

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधानले आफू २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको बताउनुभयो । काठमाण्डौमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यावसायिक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफूलाई विजयी बनाउने विश्वास प्रधानले व्यक्त गर्नुभयो ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतीले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ ।

महासंघको बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालले यसअघि नै उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ । वरिष्ठ उपाध्यक्ष नै आउँदो कार्यकालको लागि स्वतस् अध्यक्ष हुने प्रावधान रहेकाले उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष पदलाई निकै महत्वका साथ हेरिन्छ । महासंघको ५४ औं वार्षिक साधारणसभा चुनाव आउँदो मंसिर ११, १२ र १३ गते काठमाण्डौमा हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
सोमवार, वैशाख २४, २०८१
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१