Aamsanchar

झापामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ५३ पुग्यो, पछिल्लो २४ घण्टाभित्र ६६ जना संक्रमित थपिए

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७

बिर्तामोड- झापामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । आज कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा दमक-६ का ७१ बर्षीय,कमल-४ का ५० बर्षीय र गौरादह-१ का ८४ वर्षीय पुरुष रहेका छन ।

झापामा पछिल्लो २४ घण्टाभित्र ६६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये २८ जना महिला र ३८ जना पुरुष छन् । दमकमा १४ महिला र १६ पुरुष गरी ३० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ उनिहरु मध्ये एक जना स्वास्थ्यकर्मी र बाँकी स्थानीय बासिन्दा हुन् ।

यस्तै बिर्तामोड नगरपालिकामा ४ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकामा २ महिला ५ पुरुष, गौरादहमा २ महिला र ३ पुरुष, गौरीगञ्जमा २ महिला र २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी, मेचीनगरमा २ महिला र १ पुरुष, कमल गाउँपालिकामा १ महिला र १ पुरुष, कनकाई र अर्जुनधारा नगरपालिकामा १— १ जना पुरुष र बुद्धशान्ति गाउँपालिकामा १ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या २२२० पुगेको छ । त्यसमध्ये १३५४ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ सय १३ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर