Aamsanchar

पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गयो

Author Image
बिहिवार, कार्तिक २०, २०७७

सोलुखुम्बु : सोताङ गाउँपालिका ३ मा पूर्व पतिको खुकुरी प्रहारबाट पत्निको ज्यान गएको छ। २९ वर्षीय पूर्वपति होम बहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

होम बहादुर र सोमा लामा श्रीमान श्रीमति भएपनि २०७७ को बैशाखमा सोमा लामा स्थानीय २७ वर्षीया नन्द राज राईसँग गएर सँगै बस्दै आएको पाइएको छ। स्थानीय कुमार राईको घरमा बुधबार साँझ ६ः३० बजे भेटभई बिबाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरि टाउँको तथा शरीरको अन्य विभिन्न भागमा हान्दा सोमाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए।

घटनाको बिषयमा प्रहरीमा जानकारी हुनसाथ इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको टोली खटी गई हत्या आरोपमा होम बहादुर राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार महिलाको शवलाई पोष्टमाटमको लागि प्रथामीक स्वास्थ्य केन्द्र सोताङमा राखिएको छ भने आरोपीलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी तर्फ ल्याईँदै छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर