Aamsanchar
Adv top
Adv below_nav

कृषि कर्म गर्न न उमेरले रोक्यो , न कुनै पर्लालले छेक्यो


बाहुनडाँगी :  मानिसमा भित्रैदेखि गर्ने चाहाना इच्छा र दृढ संकल्प भए न उमेरले रोक्दो रहेछ , न त धन कमाउन विदेशिनु नै पर्ने रहेछ । यस्तै उदाहरण पेश गर्नुभएको छ, झापाको मेचीनगर —४ आमडाँगी जागृति टोलका सातदशक उमेर पार गर्नुभएको कर्णाखर चौलागाईँले ।

झापाको मेचीनगर —४ आमडाँगी जागृति टोलका कर्णाखर चौलागाईँ अहिले ७० वर्ष पुग्नुभयो । नेपालमा राणा शासनकै बखत २००७ सालमा उहाँ जन्मिनु भयो । तर, उहाँको अहिलेको जोस जागर र उत्साह हेर्ने हो भने उसबेलाको १८ वर्षको भन्दा कम छैन् । उहाँको यो दैनिकीले निक्कैलाई एउटा गतिलो सन्देश दिएको छ । घरले जा जा र बनले आइज आइज भन्ने बेलामा समेत उहाँको यो मिहिनत र लगानी प्रशंसायोग्य छ ।

अहिले उहाँले व्यावसायिकरुपमै करीव अढाई विगाह जमीनमा जडीबुडी र काठजन्य विभिन्न प्रजातिका १ सय ३ वटा बोट विरुवा लगाउनुभएको छ । यो उहाँको आम्दानीको मुख्यः स्रोत हो । ६ देखि ८ लाख रुपैयाँको लगानीमा शुरु गर्नुभएको यो व्यवसायले अहिले उहाँले वार्षिक ३ देखि ४ लाख रुपैयाँ आम्दानी गरीरहनु भएको छ । विहान ५ बजे उठेर दैनिक पुजा पाठ सकेर बारीमा छिरे पछि तीनै बोटविरुवाको रेखदेख र हेरचाह गर्दागर्दैं झमक्कै हुन्छ ।

भारतको कलकत्ता भ्रमण गएका बखत त्यहाँका मानिसहरुले जग्गाको महत्व बुझेर गरेको कृषि कर्मले उहाँलाई नेपाल फर्किएपछि त्यसै गर्ने इच्छा जागेर आएछ । जग्गाको महत्व बुझेरै २०२१ सालमा पहिलो पटक उहाँले सुपारी मरीज, सीसौँ सतित्तस साललगायतका विरुवा रोपण गर्न थाल्नुभयो । यी नै विरुवाको आम्दानीबाट आठ आठजना सन्तानलाई उच्च शिक्षा दिलाउने देखि समय समयमा मिठो मसिनो खाने चाडपर्वका बखत नयाँ नयाँ वस्त्र लगाउन समेत कुनै समस्या भएको उहाँको भोगाई छ । व्यावसयिकरुपमा वोट विरुवा लगाएर र त्यसले आम्दानी दिन थालेपछि उहाँको जीवनस्तरमा परिवर्तन मात्र आएन आथिर्करुपमै निक्कै मजवुत बनायो । उहाँको यो व्यावसायिक खेती अहिले घरको हरेक गर्जाे टार्ने आधार मात्र होइन घर छाडेर बाहिर गएका आफ्ना सन्तानलाई समेत बेला बेला आर्थिक समस्या परे यसैबाट प्राप्त रकमले समाधान गर्ने उहाँको भनाई छ ।

शुरु शुरुमा सिमित वोटविरुवा लगाएर व्यावसायिक खेती शुरु गर्नुभएका उहाँले यसबाट राम्रै आम्दानी हात पर्न थालेपछि अहिले करीव अढाई विगाह जमीनमा जडीबुडी र काठजन्य विभिन्न प्रजातिका १ सय ३ वटा बोट विरुवा लगाउनुभएको हो । रामफल, सवैप्रजातिका जमुना, लिच्ची, आप कागती भोगटे, निम्बु अथवा अमिलो प्रजातिका सवै फलफूलदेखि जडीबुडीकारुपमा प्रयोग हुने हर्राे, बर्राे अमला, कपुर, इञ्चार्ज, अर्जुनगाछ, रुद्राक्ष,अलैचीलगायतका बोट विरुवा अहिले चौलागाईँका बारीमा छन् ।

आफ्ना बारीमा उत्पादन भएका हरेक वस्तु विक्री गर्न उहाँलाई बजारको पनि कुनै समस्या छैन् । घरमै आएर फलफूलदेखि जडीबुटी समेत खरिद गरी लैजाने गरेको उहाँको भनाई छ । रुद्राक्ष किन्न चाइनाबाट मानिसहरु घरमै आउछन् । तर, अहिले कोभिड १९ का कारण उनीहरु आउन छाडेको उहाँको भनाई छ ।

सन्तान जन्माएपछि उनीहरुलाई उचित शिक्षा दिक्षा नदिनु र भएको आफ्नो जमीन बाझो राख्नु त्यो भन्दा ठूलो गल्ति अरु केही नहुने उहाँको भनाई छ । स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दैं अहिले पनि संयौ युवा विदेश पलायन भएको भन्दैं उहाँले गर्न सक्ने इच्छा, मिहनितभए नेपालमा हरेक ठाउँमा रोजगार नै रोजगारका अवसर भएको उहाँ बताउनुहुन्छ । आफ्नो ठाउँमा काम गर्न लजाउने भएको जमीन धितो राखेर वा बाझै राखेर विदेश जाने परिपाटीले नेपाली युवाहरुले दुःख पाएको उहाँको बुझाइछ । ‘रोजगार छैन भन्दैं चर्काे व्याजदरमा ऋण काडेर नेपाली युवा विदेश पलायन भइर्रहेका छन् ’ उहाँले भन्नुभयो—‘ म ७० वर्षको बुढो मान्छे यहि श्रम गरेर लाखौं रुपैयाँ कमाई रहेको छु ।’रोजगारीको अवसर खोज्दैं विदेशिने नेपाली युवाहरुको लहर्काे नेपालमा ठुलै छ । चर्काे व्याजदरमा ऋण काढेर विदेशिएका कतिको दिन त फर्के पनि वैदेशिक रोजगारकै कारण धेरैजनाको घरवार समेत विग्रीएको उहाँको भनाई छ । हातमा सीप भए तथा काम गर्ने मिहिनत भए त्यो सीपलाई आफ्नै ठाउँमा प्रयोग गर्न सके पैसा कमाउन न विदेशिनुपर्ने न बेरोजगार नै बस्नु पर्ने उहाँको तर्क छ । व्यवसायमा धैर्य चाहिने उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ— ‘आत्मविश्वास, लगनशीलता र इमानदारिता नै सफलताको हतियार हो ।’ युवा जति रोजगार खोज्दैं विदेश जाने अनि स्वदेशमा कामदारको अभाव भएर खेतीवारी बाझै रहने उहिल्यैको समस्या अहिलेसम्म ताजै रहेको उहाँको भनाई छ । नेपालमा रोजगारीको अवसर नपाएको भन्दै रोजगारीको सिलसिलामा विदेशीएका युवाहरुलाई आफ्नै गाउमा केही गर्न सकिन्छ भन्ने गतिलो उदारहण पनि हो उहाँको यो व्यवसाय ।

विभिन्न समयगरी ५ पटक ठूल्ठूला दुघर्टनामा परेर निक्कै कठिन खालका ३ वटा शल्यक्रिया गर्नुभएका चौलागाईँ अहिले पनि अधिकाँश समय बारीमा विताउनुहुन्छ । आफूलाई यसैले आनन्द दिएको बताउने उहाँ एउटा लौरोको भरमा सवै जग्गा डुलेर बोटविरुवाको गोडमेल र हेरचाहमा लाग्नुहुन्छ । उहाँले मसीक ८ देखि १० हजार रुपैयाँ पारीश्रमिक दिएर दुईजना सहयोगी समेत राख्नु भएको छ । तर उनीहरुसँगै उहाँ पनि काममा व्यस्त हुनुहुन्छ । उहाँलाई परिवारका अनइ सदस्यले समेत बेला बखत सघाउने गर्दछन् । बोट विरुवमा कीरा र विभिन्न समयमा अनेक खालका रोगले सताउने र यसबाट ठूलो क्षति व्यहोर्नु परेको उहाँको गुनासो छ । समयमै प्राविधिक नपाईने अर्गयानिक मलको अभाव सिञ्चाईँँको समस्याले बेला बेला आफूलाई निक्कै सताउने उहाँको भनाई छ ।

यो सत्तरी वर्षको उमेरमा एउटा लाठीको सहाराले उहाँले यतिमात्र गर्नुभएको छैन् उन्नत जातका गाई, कुखुरा टर्कीलगायतका पशुपक्षीसमेत पाल्नुभएको छ । समाजका यस्ता लगनशिल व्यक्तित्वहरुको पहिचान गरी उनीहरुको यो जोस जागरमा सम्बन्धित निकायले उत्साह थप्न सके चौलागाईँ जस्ता धेरैलाई यस्तै कर्ममा रमाउने प्रेरणा मिल्ने थियो । यसकारण पनि सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिन जरुरी छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।