Aamsanchar

विभत्स अवस्थामा उर्लाबारीमा फेला परेको महिलाको शव झापाली चेली भएको पुष्टि

Author Image
बिहिवार, कार्तिक २०, २०७७

र्लाबारी । मोरङको उर्लाबारी—४ आइतबारेमा विभत्स अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ ।

सडकको बीचमा अर्धनग्न अवस्थामा भेटिएको शव झापा गाउँपालिका वडा नम्बर ७ की तिर्थकुमारी श्रेष्ठको भनि खुलेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताउनुभयो । उहाँका अनुसार आइतवार साँझ ५ बजेतिर मृतकको परिवार सम्पर्कमा आएपछि शवको पहिचान खुलेको हो ।

टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको तथा सडकमा रगत बगिरहेको अवस्थामा मृत श्रेष्ठको शव भेटिएको थियो ।

परिवारका भनाइ उद्धृत गर्दै प्रहरीले ति महिला मानसिक रोगी रहेको र बेलाबेला घरबाट हराउने गरेको र खोजी गर्दै परिवारले घर ल्याउने गरेको थियो ।

श्रेष्ठको सडकमा १० मिटर जति घिसारेको र कम्मरमाथि शरीरमा कपडा नभएको अवस्थामा शनिबार राति ८ बजेतिर शव भेटिएको थियो । घटनाको प्रकृति हेर्दा सवारी साधनको ठक्करबाट महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

शरीरको कपडा ठक्कर दिने सवारी साधनमै अल्झिएर गएको हुनसक्ने पोखरेलको भनाइ छ ।

महिलाको शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ । ‘मृतकको आफन्त र परिवारका सदस्य सम्पर्कमा आउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘समाचारमा सामाजिक सन्जालमा ति महिलाको तस्बिर आएका कारण परिवार सम्पर्कमा आएपछि पहिचान गर्न सजिलो भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर