Aamsanchar

५१ विद्यार्थी कुटिएको देहरादुनस्थित शाक्य एकेडेमीमा मृत भेटिएका शिक्षक नेपाली भएको खुलासा

Author Image
शनिवार, कार्तिक २२, २०७७

काठमाडौं । दसैं टिकाका दिन ५१ विद्यार्थी कुटिएको देहरादुनस्थित शाक्य एकेडेमीमा मृत भेटिएका शिक्षक नेपाली भएको खुलेको छ । शाक्य एकेडेमी परिसरमै रहेको आवासीय भवनमा शिक्षक लुआङ लेकपा मृत भेटिएका थिए । उनी मुस्ताङ जिल्लाको लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ४ का पेमा थुप्तेन गुरुङका जेठा छोरा रहेको वडाध्यक्ष छिरिङ गोम्पो गुरुङले जानकारी दिए ।

वडाध्यक्षका अनुसार लेकपा सानैदेखि भारतमा बस्दै आएका थिए । वडाले शव बुझ्न आवश्यक कागज बनाएर पठाएको वडाध्यक्ष गुरुङले जानकारी दिए । शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रबाट कुटिएका मध्ये ३९ नेपाली विद्यार्थी बिहीबार काठमाडौं फर्किसकेका छन् । सिन्धुपाल्चोक, रामेछाप, बाग्लुङ, रुकुम, हुम्ला, जुम्ला लगायत १९ जिल्लाका ती विद्यार्थीहरूले देहरादुन नर्फकने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर