Aamsanchar

देशभर कोरोना भाइरसका थप२ हजार ८१७ संक्रमित फेला,संक्रमणबाट थप २१ जनाको मृत्यु

Author Image
आइतवार, कार्तिक २३, २०७७

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ८१७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८१७ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । बिहीबारदेखि हालसम्म ४५ हजार ९५५ जनाको पीसीआर परीक्षण भएकमध्ये ११ हजार ५३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । यही अवधिमा १२ हजार ९४८ जना डिस्चार्ज भएका छन् भने ७४ मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ८१२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख६ ५७ हजार ९२७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ८१ दशमलव १ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १५ लाख ४० हजार ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना र होम आइसोलेसनमा २९ हजार १९७ जना रहेका छन् । आजसम्म देशभर एक हजार १४९ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३९८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ ।

संक्रमणबाट देशभर थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो ।शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८१७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 478

प्रतिक्रिया (०)

सम्बन्धित खबर