Aamsanchar

आज विश्व स्वतन्त्रता दिवस

Author Image
सोमवार, कार्तिक २४, २०७७

हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन संयूक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गर्दछ । अमेरिकाका पूर्वराष्ट्रपती जर्ज डब्लु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वि र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वि यूरोपमा कम्यूनिष्ट शासनको औपचारीक अन्त्यभएको उपलक्ष्यमा सोही दिन अर्थात नोभेम्वर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । सन् २००१ मा जर्ज डब्ल्यू वुशले विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् ।

यो स्वतन्त्रताको कुरा गर्दा यस वर्ष अर्थात सन् २०२० मा स्वतन्त्रताको विश्वव्यापी परिभाषा नै पूर्नपरिभाषित भएको छ । मानव सभ्यताको स्वतन्त्रताको यसवर्ष कोरोना भाइरसले धज्जी उडाइदिएको छ, घरका ढोकाहरु बन्द छन्, मान्छेहरु चार भित्ताभित्र दिन गुजार्न बाध्य छन्, संक्रमण जोखिमले हरेक देशहरुलाई घुँडा टेकाएको छ । स्वतन्त्रता दिवसमा एउटा एैक्यवद्धताको पैरवी गरिन जरुरी छ, यसवर्ष नोभम्बर ९ मा, यस भाइरस बिरुद्ध मानवजातीको एैक्यवद्धता अनि आशा कि छिटै ति स्वतन्त्र दिनहरु आउन सकुन ।

विश्वमा पूजिँवादको अत्यन्त जोडदार प्रवर्तक राष्ट्र अमेरिकामा आजको दिन यूवा विधार्थीहरु अनि रिपब्लिकन पार्टीका यूवाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाउने गर्दछन् ।

विश्वमा शितयूद्धको अन्त्य गर्दै शोभियत यूनियनलाई धराशायी पार्न ठूलो भुमिका निर्वाह गर्ने अमेरिकी पूर्व राष्ट्रप्रमुख रोनल्ड रेगनको पनि आजको दिन अमेरिकामा चर्चा हुने गर्दछ ।

अमेरिकीहरुले विशेष जोड दिएर आजको दिनलाई विश्व स्वतन्त्रता दिवसका रुपमा मनाएपनि विश्वका अन्य राष्ट्रहरु विशेषतः यूरोपी राष्ट्रहरु भने आजको यस दिनलाई विश्व स्वतन्त्रता दिवसका रुपमा मनाउन उदासिन देखिन्छन् । शितयूद्धकालदेखिनै संसारमा पूजिँवादी, कम्यूनिष्ट र केही समाजवादी देशहरुमा वैचारीक, कार्यगत अनि प्रणालीगत विवाद रहिआएको छ ।

न्यू ग्लोवलाइजेसन अनि न्यू न्याशिनोलिजमको विचार अनुसार सम्पूर्ण विश्वका वासिन्दालाई एउटै पहिचान अनि विश्वबन्धुत्वको दर्शन भित्र फराकिलो दायरामा राखिएको छ ।

चाहे हामी कम्यूनिष्ट विचारधाराका हौं या पूजिँवादी विचारधाराका हौं या अन्यकुनै विचारधाराका हौं तर स्वतन्त्रताको प्रत्याभूती अनि स्वतन्त्र जीवनयापनको महत्व मानव समूदायमा अतिनै महत्वपूर्ण छ । नेपालमा पनि क्रमैसंग विसं २००७, २०४६ अनि २०६३ गर्दै स्वतन्त्रताका नयाँ नयाँ आयामहरु थपिदै गएको छ । स्वतन्त्रताको परिधीभित्र सहज जीवनयापन गर्न पाउने सहजता पनि पर्दछ । बाटोको अत्याधिक सवारी जाम देखि ग्याँस अनि तेलको लाइन, मूल्य वृद्धी, भ्रष्टाचार अनि कानूनी राज्यको कमी नेपाली समाजको स्वतन्त्रताका समस्याहरू हुन यसलाई हामी कुनै न कुनै रूपमा हरेकदिन हामीसबैले भोगीआएका छौं । आशा छ नेपाली स्वतन्त्रताको परिभाषामा नेपालीहरुको सहज र पारदर्शी जीवनयापन पनि छिट्टै पर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर