Aamsanchar

बढी सक्रिय कोरोना संक्रमित हुने तिन देश, अमेरिका शिखरमा, भारत नियन्त्रणतिर

Author Image
मङ्गलवार, कार्तिक २५, २०७७

काठमाडौं । विश्वभर सोमबार चार लाख ८१ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । केही दिनको तुलनामा संक्रमित घट्दै गए पनि संक्रमित भने तीव्र गतिमा बढिरहेका छन् । सोमबार ६ हजार ८ सयको हाराहारीमा ज्यान गयो ।

अहिलेसम्म विश्वमा ५ करोड १२ लाख ३५ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । मृतकको संख्या १२ लाख ६९ हजार पुगेको छ । निको हुनेको संख्या ३ करोड ६० लाख ४५ हजार ५ सय रहेका छन् ।

सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख १८ हजार भन्दा बढी सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् । सोमबार १ लाख २५ हजारको हाराहारीमा संक्रमित सोमबार थपिएका छन् । कुल संक्रमितको संख्या एक करोड ४ लाख २१ हजार भन्दा बढी पुगेको छ ।

सोमबार ६४१ मृतक थपिएर मृतकको संख्या २ लाख ४४ हजार ४४८ पुगेको छ ।

दोस्रो स्थानको भारतमा सोमबार ३७ हजार २११ संक्रमित थपिएका छन् । पछिल्लो समय संक्रमित घट्दै गइरहेका छन् । कुल संक्रमित ८५ लाख ९१ हजार ७५ पुगेका छन् ।

सोमबार ४५१ जना थपिएसँगै मृतकको संख्या १ लाख २७ हजार १०४ पुगेको छ । सोमबार ४१ हजार ४५० संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने ७९ लाख ५७ हजार २०६ पुगेका छन् । भारतमा सक्रिय संक्रमित ५ लाख ४ हजार ९१६ रहेका छन् ।

तेस्रो स्थानको ब्रजिलमा १ लाख ६२ हजार६३८, चौथो फ्रान्समा ४० हजार ९८७, पाँचौं रुसमा ३० हजार ७९३, छैटौं स्पेनमा ३९ हजार ३४५, सातौं अर्जेन्टिनामा ३३ हजार ९०७ र आठौं बेलायतमा ४९ हजार २३८ जनाको ज्यान गइसकेको छ ।

३४ औं स्थानको नेपालमा मृतक १ हजार १२६ पुगेका छन् । यो सरकारी तथ्यांक भए पनि मृतक १८ सयको हाराहारीमा पुगिसकेको बताइन्छ । श्रोत: हाम्रा कुरा

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर