Aamsanchar

भारतमा भएको एक दुर्घटनामा तीन जना नेपालीको मृत्यु

Author Image
बिहिवार, कार्तिक २७, २०७७

नयाँदिल्ली — मंगलबार राति भारतको आगरा एक्सप्रेस वेमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे बाह्र बजेतिर आगरा एक्सप्रेस वेमा एउटा ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै र अर्को एक जनाको आगराको कृष्ण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नमस्ते–सुपा देउराली बस सेवाका दिल खत्रीले कान्तिपुरलाई बताए । खत्रीका अनुसार मृतकहरुमध्ये घटनास्थलमै मृत्यु हुनेमध्ये एक महिलाको नाम लक्ष्मीकुमारी भएको र अन्य दुई जनाको नाम खुलेको छैन । दुर्घटनामा घाइते चार जनामध्ये अर्घाखाँची घर भएका दुई जनालाई दिल्ली पुर्‍याइएको र अन्य दुईको कृष्ण अस्पतालमै उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको खत्रीले जानकारी दिएका छन् । दुर्घटनामा चालक भने सामान्य घाइते भएको खत्रीले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर