Aamsanchar
Adv top
Adv below_nav

सर्बाधिक २२ बिधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो रमपम पुर्वेली म्युजिक अवार्ड


जितेन राईलाई दिर्घ सम्मान,गोपाल दाहाललाई रंग पत्रकारिता अवार्ड (नामावली सहित)

सम्मानित हुनुहुने श्रष्ठाहरु सामुहिक तस्वीरमा ।

ईटहरी । पुर्वेली लोक गीत संगित प्रति समर्पित मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको  (रमपम पूर्वेली म्युजिक अवार्ड २०२०) शुक्रबार सम्पन्न भएको छ ।

ईटहरीस्थित होटल बरण्डामा आयोजित कार्यक्रममा गायक तथा संगितकार जितेन राईलाई २५ हजार नगद राशि सहितको लाईफ टाईम अचिभमेण्ट अवार्ड र पत्रकार गोपाल दाहाललाई ५ हजार राशि सहितको रंग पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि  प्रदेश १ उद्योग,पर्यटन,बन तथा बाताबरण मन्त्री जगदिशप्रसाद कुसियतले दुवै जनालाई अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट नयाँ गायक गायिका तर्फ श्रेया राइको एक्ले बर, बर्षको उत्कृष्ट गीततर्फ केशब राइको जुनेली माया, उत्कृष्ट भोकल कोल्याब्रेसन कृष्णभक्त राइ र सुनिता थेगिमको धानैमा नाच्नु, उत्कृष्ट शब्द गौरभ दर्पणको पूर्वै रमाइलो, उत्कृष्ट प्रस्तुति (पुरुष) मा भिषण मुकारूङ राइको खोर्सानि डल्ले, उत्कृष्ट प्रस्तुति (महिला)मा सृष्टि हिङमाङको पूर्वै रमाइलो, उत्कृष्ट पूर्वेली लोक दोहोरी , जुहारी गीतमा अन्जु गौतम तथा माधव दाहालको एकसरे मायाले अवार्ड उचालेका छन ।

संगितकार जितेन राईलाई २५ हजार नगद राशि सहितको लाईफ टाईम अचिभमेण्ट अवार्ड प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश १ उद्योग,पर्यटन,बन तथा बाताबरण मन्त्री जगदिशप्रसाद कुसियत ।

त्यस्तै उत्कृष्ट कम्पोजिसनमा रोशन वान्तवा सुच्चा राइको भोजपुर डबली, बेस्ट एरेन्जमेन्टमा रूद्र श्रेष्ठको बल पिपलको छाँया, बेस्ट पूर्वेली कमेडी गीतमा श्रीकृष्ण लुइटेलको सुनको सिक्री, बेस्ट मारूनी गीत बबिना किरातीको माथी माथी हिमाली भेगमा, उत्कृष्ट राई गीतमा उर्मिला राइको ढुड्कु ढुड्कु ढोल बजाँउदै, उत्कृष्ट लिम्बु गीत हेमु स्मृतीको चोङ्माङको हिमधाङ तक्तेओ, उत्कृष्ट तामाङ गीतमा मंगल सिङ तामाङको च्याओला, उत्कृष्ट थारु गीतमा गीता चौधरीको हामे मोरङिया थरूनी, उत्कृष्ट राजबंशी गीत पवलदीप विश्वासको झोल मका झोल, उत्कृष्ट मैथिली गीतमा अन्जु यादवको चिपक चिपक, बेस्ट सिनेमेटोग्राफी शिरकुमार साङपाङको सुम्निमा, उत्कृष्ट भिडियोमा कुशल थुलुङको सेवारो सोल्टिनि ज्यू उत्कृष्ट भिडियो सम्पादनमा हेमन तामाङको हान गुलेलीले उपाधि चुमेका छन ।

पत्रकार गोपाल दाहाललाई रंग पत्रकारिता अवार्ड प्रदान गर्दै पुर्वेली मिडिया नेटवर्कका प्रबन्ध निर्देशक शुरेसचन्द्र दाहाल साथमा कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश १ उद्योग,पर्यटन,बन तथा बाताबरण मन्त्री जगदिशप्रसाद कुसियत ।

पुर्वेली मिडिया नेटवर्कका प्रबन्ध निर्देशक शुरेसचन्द्र दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि  प्रदेश १ उद्योग,पर्यटन,बन तथा बाताबरण मन्त्री जगदिशप्रसाद कुसियत रहेका थिए । कार्यक्रममा जितेन राई,गोपाल दाहाल लगायतले आफनो भनाई राखेका थिए । मन्त्री कुसियतले प्रदेश १ को कला र संस्कृतिको उत्थान र सम्वद्धनमा यो कार्यक्रम कोशेढुंगा साबित हुने बताए ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।