Aamsanchar

भाई टिकाको दिन बालिका बलत्कार गरेको आरोपमा २३ बर्षिया युवा पक्राउ

Author Image
मङ्गलवार, मंसिर २, २०७७

काठमाडौँ । भाइटिकाको दिन अर्थात् सोमबार साँझ चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ ।

हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सोर्नविद लोहारलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् ।

घटनालगत्तै फरार रहेका लोहारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर