Aamsanchar

मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाकाे नियमन गर्न ओटीएमएस,बिचौलियाहरूलाई पूर्णरुपमा निषेध गर्ने

Author Image
शुक्रवार, मंसिर ५, २०७७

काठमाण्डाै – मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ । यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायत क्षेत्र सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने नीतिअनुसार यातायात सेवाको नियमनका लागि ओटीएमएस लागू गरिएको हो ।

सरकारले कोरोनाको जोखिम न्यूनीकरण र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भिड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन अनलाइन टिकट खरिद/बिक्री निर्देशिका लागू गरिसकेको छ ।

अनलाइन टिकेटिङ सिस्टमको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक यातायातलाई सर्वसुलभ, पारदर्शी सुरक्षित बनाउन नीतिगत व्यवस्था गर्ने सन्दर्भमा मन्त्रालय कानुन निर्माणमा लागिरहेको बताउनुभयो । उहाँले एकीकृत प्रक्रिया र पारदर्शी प्रविधिमैत्री बनाएर काम गर्न सार्वजनिक यातायात प्राधिकरणको कल्पना गरिएको समेत बताउनुभयो ।  

ओटीएमएसको माध्यमबाट यातायात सेवा प्रदायकहरूले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तर्गतका निकायहरूलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ । ओटीएमएसले लगानीकर्ताहरूको सञ्चालन खर्च घटाइ मुनाफा वृद्धि गराउनुका साथै टिकट खरिद/बिक्री प्रक्रियामा बिचौलियाहरूलाई पूर्णरुपमा निषेध गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर