Aamsanchar

शुद्ध पानीको पहुँचमा हिमालीका विद्यार्थी र शिक्षक, प्रति घण्टा १ हजार लिटर तयार

Author Image
शुक्रवार, मंसिर ५, २०७७

पानीको स्वाद र शुद्धतालाई विचार गर्दै प्रमुख अथिति कार्की ।

चरपाने । झापाको कनकाई नगरपालिका– वडा नंम्बर ८ लक्ष्मीपुर स्थित श्री हिमाली माध्यमिक विद्यालयमा शुद्ध पिउने पानी तयार पार्ने उपकरण जडान गरिएको छ ।

अमेरीकी संस्था हेल्पिङ हेण्डको सहयोग, वर्क फर नेपाल नामक संस्थाहरुको संयोजनमा उक्त खानेपाने प्लान्ट जडान गरिएको हो । करिव १० लाख रुपैया लगानीमा निर्माण गरिएको फिल्टरले प्रति घण्टा १ हजार लिटर शुद्ध पानी तयार पार्ने क्षमता रहेको बताईएको छ । यस बिद्युतिय प्लान्टबाट बजारमा पाईने बोटलको भन्दा शुद्ध पानी तयार हुने दावी गरिएको छ ।

न्यानो कपडा वितरण गर्दै नगर प्रमुख पोखरेल ।

विहिबार एक औपचारिक कार्यक्रम मार्फत खानेपानी प्लान्टको उद्घाटन गरिएको छ । वर्क फर नेपालका त्रिलोचन अधिकारीको अध्यक्षमा भएको प्लान्ट हस्तान्तरण कार्यक्रममा प्रदेश १ का सांसद तथा कार्यक्रमका प्रमुख अतिथि एकराज कार्कीले पानीको धारा खोलेर र पानी खाएर उद्घटन गरेका थिए ।

सभाध्यक्ष अधिकारीले विद्यालयका प्रधानाध्यापक केशबप्रसाद ओझालाई परियोजनाको लिखित प्रमाण हस्तान्तरण गरेका थिए । सोही बखत बिद्यालयको तर्फवाट प्रधानाध्यापक ओझाले सहयोगी संस्था हेल्पिङ हेण्ड र वर्क फर नेपाललाई पनि कदर–प्रत्र प्रदान गरेका थिए ।

न्यानो कपडामा सजिएका बिद्यार्थीहरु ।

कार्यक्रममा विशिष्ठ अतिथि कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, हेल्पिङ हेण्ड नेपाल कार्यक्रम संयोजक जीवन पोखरेल, अतिथिहरुमा वडाध्यक्ष प्रेमबहादुर कटुवाल, कार्यपालिका सदस्य सुनीता सिग्देल, सहारा साकोस लक्ष्मीपुर सेवा केन्द्र प्रमुख उमेश भारती, लक्ष्मीपुर खानेपानी संस्थाका अध्यक्ष लिलाबहादुर कटुवाल लगायतको आथित्यता रहेको थियो ।

विद्यालयहरुको लागि अन्य भौतिक व्यवस्थापन भन्दा पहिलो आवश्यकता भनेको शुद्ध पिउने पानी नै हो, शुद्ध पानी पिउनबाट अझै पनि झापाका धेरै बिद्यार्थी, शिक्षकहरु र सर्बसाधारणहरु बन्चित छन् । यसै अबस्थालाई दृष्टिगत गरेर हिमालीका विद्यार्थी, शिक्षक साथै सर्बसाधारणहरुको लागि पनि धारा जडान गरिएको र सोही कार्यक्रम अनतरगत विद्यालयमा अध्यनरत २१ जना सुस्तश्रवण विद्यार्थीहरुलाई न्यानो कपडा पनि वितरण भएको प्रधानाध्याक ओझाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर