Aamsanchar

निलडेविड सलूनको उत्तरअधिकारी डेनियल डेविडले ‘केश’ ब्राण्ड ल्याउँदै

Author Image
शनिवार, मंसिर ६, २०७७

काठमाडौं।  तिन दशक अघि सम्म नेपालमा पैसा तिरेर कपाल काटने ठाउँ अत्यन्तै थोरै ठाउँमा थियो । देशका मुख्य मुख्य सहरमा खुलेका कपाल काट्ने ठाउँ भारत बाट आएका र नेपालको तराई मधेशी समुदायका सिमित व्यक्तीहरुमा मात्र मिलाएर कपाल काटने कला थियो ।

त्यती वेलाका कपाल काट्ने कलाकारहरुका सन्ततीहरुले जेनतेत पुर्खाको पेशालाई निरन्तरता दिदै आउदा कतीले टिनको छाप्रो, कतै पक्की नै घर भए पनि खासै सजावट नगरीकन कपाल काट्ने सैलुन संचालनमा ल्याई रहेको अवस्थामा विगत दुई दशक देखि काठमाडौं लगायतका ठुला सहरहरुमा राम्रै खालका सुविधायुक्त सैलुनहरु संचालनमा आईसकेका थिए । तर अन्तर्राष्ट्रिय स्तरको सलून भने नेपालमा संचालनमा आएकै थिएन आएकै भएपनि प्रचार थिएन ।

विगत एक दशकको समय यता नेपालका अन्तर्राष्ट्रिय स्तरको सलून संचालनमा आयो । झापा कनकाई नगरपालिका वडा नं.८ लक्ष्मीपुरका निलडेविड कटवालले संचालनमा ल्याएको निलडेविड सलूनले नेपाल लगायत एशियाका धेरै देशहरुमा पनि चर्चा कमाई रहेको छ ।
निलडेविडले आफ्नो व्यवसायलाई हरेक नेपाली माझ परिचित पनि गराउदै आएका छन् । देशका प्राय सबै सहरहरुमा र भारतका पनि धेरै सहरहरुमा निलडेविड सलूनको शाखाहरु विस्तार भई सकेको छ । निलडेविडले कमाएको ख्यातीका कारण धेरै नव युवाहरु यस क्षेत्रमा प्रवेश गरिसकेका छन् सोही क्रममा नेपालका एक सेलिब्रेटी बन्न सफल निलडेविड कटवालका छोरा डेनियल डेविड कटवाल पनि कपाल काट्ने र काट्न सिकाउने क्षेत्रमा प्रवेश गरेका छन् ।

यहि मंसिर ११ गते १७ वर्ष पुगेर १८ मा प्रवेश गर्ने डेनियल डेविड कटवालले आफ्नो सेलिब्रेटी हेयर स्टाइलिस बुवा निलडेविड कटवालको बाटो समातेका छन् ।
केही अघिमात्रै भारतको पुणेबाट सलोन म्यानेज्मेन् तथा फ्रेन्चाइज म्यानेज्मेन्टमा उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किएका डेनियलले आफ्नो अध्ययन अनुसारको काम समेत प्रारम्भ गरेका छन् ।

पछिल्लो केही महिनादेखि डेनियल सुन्धारास्थित काठमाडौं मलको पहिलो तल्लामा आफ्नो बुवाको नयाँ फ्रेन्चाइजीलाई आफ्नो डिजाइनमा तयार पारिरहेका छन् ।
डेनियलले नीलडेविड्स ब्राण्डलाई थप उचाइमा पु¥याउने उदेश्यले नीलडेविड्स सलूनको नयाँ फ्रेन्चाइजी मोडल तयार पारिरहेका हुन् ।
उक्त फ्रेन्चाइजी मोडल निकट भविष्यमै सञ्चालन हुने क्रममा छ । उक्त मोडल नेपाल भित्रका लागि फ्रेन्चाइजी मोडल हुनेछ ।

काठमाडौं मलको नयाँ मोडल जस्तै नेपालका विभिन्न शहरहरुहरुमा नीलडेविड ब्राण्डका नयाँ फ्रेन्चाइजीहरु २५ देखि ३० लाख रुपैयाँको लगानीमा खोल्न सकिने डेनिडल डेविड कटवालले बताएका छन् ।यसका साथै डेनियल छठ पूजाको दिन अर्थात मंसिर ७ गते शुक्रवार आफ्नो नयाँ सलूनको ब्राण्ड समेत दर्ता गरेका छन् ।
डेनियलका अनुसार उनले ‘केश द हेयर स्टप’ भन्ने ब्राण्ड दर्ता गरेका हुन् । उक्त ब्राण्ड सन् २०२१ देखि बजारमा आउने छ । यो ब्राण्डले नेपालका स–साना नगर उन्मुख गाउँहरुलाई लक्षित गरेको छ ।

डेनियलका अनुसार केश द हेयर स्टप नीलडेविड्स ब्राण्डकै मिनि मोडल हो । ‘केश द हेयर स्टपलाई ३ सयदेखि ४ सय क्वायरको स्थानका साथै १२ देखि १५ लाख रुपैयाँको लागतमै सञ्चालन गर्न सकिने छ, डेनियलले भनेका छन् ।
यसका साथै नेपालको बजारमा अब नीलडेविड्स ब्राण्ड ठूला शहरहरुमा केन्द्रित हुनेछ भने उक्त ब्राण्ड नपुगेका गाउँ तथा शहरमा केश ब्राण्ड पुग्ने छ ।
यसैबीच, सन् २०२२ का लागि अन्तर्राष्ट्रिय बजारका लागि समेत फ्रेन्चाइजी मोडलको तयारी गरिरहेका डेनियलले नीलडेविड्सको एक्सक्ल्यूसिभ मोडल पोखराको न्यूरोडमा खोल्ने तयारी गरेका छन् ।

सन् २०२२ सम्ममा दुई सय वटा सलून खोल्ने लक्ष्य लिएर बुवा तथा छोरा अर्थात डेनियल तथा नीलडेविडले भारत र नेपालको बजारमा मजबुत आधार बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली ब्राण्ड र नेपाली चिनारीलाई स्थापित गर्दै पाँच हजार जनाभन्दा बढीलाई रोजगारी दिने लक्ष्य लिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर