Aamsanchar
Adv top
Adv below_nav

झापामा आज ५४ जना कोरोना संक्रमित थपिए , १ जनाको मृत्यु


झापा- झापामा आज ५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा पालिकामा २८ महिला र २६ जना पुरुषसहित ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बिर्तामोड नगरपालिकामा ५ महिला र ५ पुरुस सहित १० जना, भद्रपुर नगरपालिकामा ७ महिला र ४ पुरुष सहित ११ जना, मेचीनगर नगरपालिकामा १ महिला र ३ पुरुष सहित ४ जना, अर्जुनधारा नगरपालिकामा ३ महिला र २ पुरुष सहित ५ जना, कनकाई नगरपालिकामा ९ महिला र ५ पुरुष सहित १४ जना संक्रमित थपिएका छन् ।
यसैगरी, झापा गाउँपालिका र बुद्वशान्ति गाउँपालिकामा १र१ जना पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिला र १ पुरुष साथै इलाम र पाँचथर ठेगाना भएका १ महिलासहित ५ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ । संक्रमित सबै जना स्थानीय हुन् ।
त्यस्तै आज १ जना पुरुषको मृत्यु भएको छ । कनकाई–५ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भइसकेको छ । झापामा हालसम्म ३२ हजार २६१ जनाको स्वाब संकलन गरिएको छ भने ३ हजार २२२ जना संक्रमित छन् । अहिलेसम्म सकृय संक्रमित ९९२ र २ हजार २२३ जना निको भएर घर फर्किएका छन् ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।