Aamsanchar

चाडपर्व लक्षित सुपथ मूल्य पसल माघी पर्वसम्म सञ्चालन हुने

Author Image
सोमवार, मंसिर ८, २०७७

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको चाडपर्व लक्षित सुपथ मूल्य पसल माघी पर्वसम्म सञ्चालन हुने भएको छ । कोभिडको असर बाँकी नै रहेको र दशैं, तिहार तथा छठमा लक्ष्यअनुसारको बिक्री नभएपछि माघी पर्वसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

‘सधैंको जस्तै यो वर्ष पनि छठको भोलिपल्ट (मंसिर ७) सम्म मात्रै सहुलियत पसल चलाउने भन्ने यसअघिको निर्णय सच्याइएको छ, अब माघ २ गतेसम्म सहुलियत पसल खुल्ने छ,’ कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले भनिन् । सो अवधिसम्म दशैंअघि सञ्चालनमा आएका सबै आउटलेटबाट नियमित कारोबार हुने उनको भनाइ छ ।

मंसिर सात गतेसम्म संस्थानले १० हजार २७ क्वीन्टल खाद्य बस्तु बिक्री गरेको जनाएको छ । सो अवधिमा उपभोक्तालाई दिइएको छुट बापतको रकम ८७ लाख भएको सूचना अधिकारी न्यौपानेले बताइन् । हालसम्मको कुल कारोबार रकम भने केही दिनमा आउने कम्पनीले जनाएको छ ।

कम्पनीले चामल, तिते फापर, कर्णालीको सिमी, इन्डक्सन चुल्हो, डिडिसीको घ्यू, साल्ट ट्रेड्रिङको पिठो लगायतका चीज बिक्री गर्दै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयोजनमा दूग्ध विकास संस्थान र साल्टट्रेडिङसँग मिलेर देशभर ४६ भन्दा धेरै सुपथ मूल्य पसल असोज १५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर