Aamsanchar

पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु , थप १९ सय ८० जनामा कोरोना पुष्टि,तीन हजार ४३ मुक्त

Author Image
सोमवार, मंसिर ८, २०७७

काठमाडौं  : पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १६ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।  कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक जानकारीअनुसार आज देशभर तीन हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्। 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा १० हजार ३८१ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ७० हजार ४५६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर