Aamsanchar

प्रहरीको गोली लागेर घाइते भएका दुई जनालाई थप उपचारको लागि काठमाण्डौ पठाइयो

Author Image
मङ्गलवार, मंसिर ९, २०७७

महोत्तरी – बर्दिवासमा प्रहरीको गोली लागेर घाइते भएका तीन जनामध्ये दुई जनालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ । मङ्गलबार दिउँसो प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सञ्जय न्यौपाने र श्याम कार्कीलाई उपचारको लागि काठमाण्डौ पठाइएको हो । सञ्जयलाई हेलिकप्टरमार्फत र श्यामलाई एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाण्डौ पठाइएको हो । त्यस्तै त्यही घटनामा घाइते भएका अर्का अफताब आलमको बर्दिवासमै उपचार भइरहेको छ ।

मङ्गलबार दिउँसो भिड नियन्त्रण लिने क्रममा प्रहरीले अश्रुग्यास र गोली चलाउँदा उनीहरू घाइते भएका थिए । बर्दिबास नगरपालिका १४ को शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो ।

गएको मङ्सिर ७ गते ६ वर्षीया बालिका बेपता भएकी थिइन् । सोमबार मध्यरातमा स्थानीय विनोद साहको खाली जग्गामा उनको शव भेटिएको थियो । प्रहरीले हत्याको आरोपमा गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर