Aamsanchar

बार्गेनिङ नमिल्दा मात्रै भद्रपुर भन्सारमा कडाई

Author Image
बुधवार, मंसिर १०, २०७७

भद्रपुर ।  सीमा नाका बन्द भएपछि अहिले भन्सारभित्रबाटै राजस्व चुहावटको धन्दा मिलेमतोमा हुने गरेको छ। रकमको बार्गेनिङ मिलेमा भन्सारबाट जेसुकै सामान कम राजस्व तिरेर निकाल्ने काम मात्र होइन पोका समेत गायब पारिन्छ।तर, बार्गेनिङ मिलेन भने कर्मचारीले व्यापारीलाई ‘प्यानल्टी’ वा गाडीमा सामान बढी हालिएको भन्दै जफत गरेर देखाउँछन्।

यस्तै एउटा घटना गत आइतबार घटेको छ भद्रपुर भन्सार कार्यालयमा। भन्सारबाट एक कारोबारीले सस्तो सामानको भन्सार राजस्व तिरेर महँगो सामान लैजान खोज्दा उक्त घटना बाहिरिएको हो।आइतबार दिउँसो मोटर पार्टसको कारोबार गर्ने भद्रपुर नगरपालिका-५ का सिकन्दर खानले कम राजस्व पर्ने सामानको भन्सार कर तिरेर बढी कर लाग्ने सामान गाडीमा लोड गरेर भन्सारभित्रबाटै निकाल्न खोज्दा गाडीमा बढी सामान भेटिएको हो। भन्सार कर्मचारीसँग सेटिङ नमिलेर उक्त कर्तुत बाहिरिएको एक कारोबारीले बताए।यता भन्सार कर्मचारीले चेकजाँच गर्दा बढी सामान भेटिएको प्रतिक्रिया दिएका छन्।

भन्सारमा गाडीमा लोड भइसकेको सामान कर्मचारीले पुनः चेकजाँच गरेको अहिलेसम्म रेकर्ड नै नभएको कारोबारीको दाबी छ। तर, भन्सारका नायव सुब्बा रेवती गिरीले शंका लागेर गाडीमा लोड गरिएको सामान चेकजाँच गर्दा बढी भेटिएको प्रतिक्रिया दिएका छन्।कर्मचारीले सामान गाडीबाट झिकेपछि सिकन्दर खानले लोड गरेको सामान आफ्नो नभएको र लेबरले झुक्किएर अरूको सामान लोड गरेको बताएपछि खानले भन्सारमा राजस्व तिरेको सामान मात्र लगेको कर्मचारी गिरीले बताए।भद्रपुर भन्सार सुरक्षा एवं राजश्व चुहावट नियन्त्रणको जिम्मेवारी लिएर बसेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक विभुराज दाहालले कारोबारी खानले नियोजित रुपमा बदमासी गरेको बताए।मेची नदी किनारकै कुनै व्यक्तिलाई फसाउन अर्कैको सामानसँग मिसाएर आफ्नो भन्सार राजस्व नतिरेको सामान निकाल्न खोज्दै गर्दा भन्सार कर्मचारीले बढी सामान बरामद गरेको बताउँदै प्रहरी निरीक्षक दाहालले बताए। उनले भने, ‘बढी बरामद गरिएको सामान कारोबारी सिकन्दरकै भएको र सो सामान आवश्यक कारबाहीका लागि भन्सारले राखेको छ।’उता कारोबारी खानले भने आफूले तीन पोका सामानको भन्सार राजस्व तिरेर हाकिमलाई सही गराउन जाँदा लेबरले झुक्किएर भन्सार नभएको सामान गाडीमा लोड गरेको प्रतिक्रिया दिएका छन्।

कर्मचारीलाई अर्कैको सामान भने पनि सामान भने आफ्नो भएको खानले स्वीकारेका छन्।यता स्रोतका अनुसार कारोबारी खानले महँगो सामान भन्सार राजस्व छलेर भन्सारबाटै निकाल्ने योजना असफल भएपछि भन्सार जफत गराएको सामान निकाल्न लागि परेका छन्। कारोबारी खानले भन्सार निकट कर्मचारीसँग मिलेर घटना गुपचुपमा बनाएर सामान सजिलै तरिकाले पुनः भन्सारमा राजस्व तिरेर लैजान लागि परेका छन्। प्रक्रियाअनुसार भन्सारले जफत गरेको सामान स्वतः लिलामी प्रक्रियामा जानुपर्ने हुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर