Aamsanchar

गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेकी श्रीमती डाँका चोरी मुद्धामा पक्राउ

Author Image
बुधवार, मंसिर १०, २०७७

काठमाडौं । डाँका चोरी मुद्धामा प्रहरीले गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेकी श्रीमतीलाई पक्राउ गरेको छ । मकवानपुरको पदमपोखरीबाट दीछेन डोल्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट दिछेनको विरुद्ध ‘डाँकाचोरी’ मुद्धामा पक्राउ पूर्जी जारी भएको थियो । दिछेनलाई पक्राउ गरेर पोखरा पठाइएको एसपी राठौरले बताए । उनी पदमपोखरी स्थित माइतीमा थिइन् । दीक्षेनले पोखरास्थित एक घरमा रहेको मूर्ति चोरी गरेको सम्बन्धमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर