Aamsanchar

बर्दिबासमा हिजो गोली, आज एक दर्जन अश्रुग्यास प्रहार, प्रर्दशनकारी तितरबितर

Author Image
बुधवार, मंसिर १०, २०७७

प्रतिकात्मक फायल तस्वीर गुगलबाट

बर्दिबास । बालिका बलत्कार पछि हत्या गरिएको घटनाले सृजनामा भएको जनआक्रोस आन्दोलनको रुप दिदै हिंसात्मक बन्दै गएको छ । महोत्तरीको बर्दिबासमा निषेधाज्ञाबीच प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरिएको भएपनि प्रदर्शनकारीहरुले बर्दिबास नगर प्रमुखको पुत्ला दहन गरे पछि झडप भएको बताइएको छ ।

प्रदर्शनका क्रममा प्रहरीद्वारा करिब एक दर्जन अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीको भिड तितरबितर भएको थियो । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु पस्चात बर्दिबासमा आन्दोलन चर्केको हो । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर