Aamsanchar

पुल निर्माणमा ढिलाइ हुँदा सुस्ताबासीहरु अझै पनि भारतीय पक्षको यातना खेप्दै

Author Image
बिहिवार, मंसिर ११, २०७७

नवलपरासी- सुस्तामा झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदा सुस्ताबासीहरुले अझै पनि भारतीय पक्षको यातना खेप्दै आउनु परेको बताएका छन् । झोलुङ्गे पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा सुस्ताबासीमा निराशा छाएको छ । नदीमा जोखिमपूर्ण डुङ्गा यात्राको विकल्पमा रहेको भारतीय बाटो प्रयोग गर्दा भारतीय एसएसबी र भारतीय जनताद्वारा सुस्ताबासीलाई मानसिक तथा शारीरिक यातना अझै पनि खेप्दै आउनु परेको सुस्ताबासी बताउँछन् ।

नारायणी नदी (गण्डक)ले घेरिएको सुस्ता भूमिबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन नदी पार गर्न जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्छ भने वर्षाको समयमा भारतीय बाटो प्रयोग गर्न बाध्यात्मक अवस्था रहेको सुस्ता बचाउ अभियानको उपाध्यक्ष आदम खानले बताए ।

नारायणी नदी पारी भारतको विहारसँग जोडिएको सुस्ताभूमि जिल्लाको सुस्ता गाउँपालिका वडा–५ को एक गाउँ हो । उक्त गाउँलाई वडा गाउँपालिका र सदरमुकाम सँग जोडने गरी सरकारले २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन । वर्षौँदेखि भारतीय यातना खेप्दै र जोखिम पुर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ गाउँ जोडन एसियाकै दोश्रो ठूलो झोलुङ्गे पुलको आयोजना दिएको खानले बताए ।

त्रिशुली आश्रय जे।भी कन्सट्रक्शन कम्पनीले २७ करोड रुपैयामा ठेक्का लिएको उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ ९१।६० मिटर चौडाइ रहेको छ उक्त झोलुङ्गे पुलको ५ वर्ष लगाएर बेस बनाउने कार्यमा सिमित रही मात्र २०० वटा पाईल धाँसिएको छ । पुलको निर्माणका लागि कुल २ सय २० वटा पाईल धाँसी ४ वटा ठुलो अग्लो पिलर ठड्याइने छ भने १० वटा साना पिलर ठडयाइ झेलुङ्गे पुल बाँधिने कार्य अझै बाँकी रहेको छ ।

ठेकेदारको लापरवाही र वेवास्ताले ५ वर्षमा झोलुङ्गे पुलको निर्माण कार्य जम्मा ३० प्रतिशत मात्र सकिएको छ । वर्षमा २र३ महिना काम गर्ने अनि वर्षभरि विभिन्न बहाना गर्दै गायब रहने ठेकदार अहिलेपनि बन्दाबन्दी र लेबरको अभाव देखाउदै काम ठप्प पारी गायब रहेको सांसद् देवकरण कलवारले जानकारी दिए ।

यता, ठेकेदार कम्पनीले कोभिड–१९ महामारीले नेपाल लकडाउन भएको र भारतीय लेबर सबै घर गइ हालसम्म फर्कि नसकेकाले काममा ढिलाइ भैरहेको जानकारी दिएको छ । कम्पनीका अनुसार नदीको पूर्वी भागको बीच धारमा काम गर्नु परेकाले नदीमा बढी पानी रहेको ड्रिल गर्ने हेभि मेसिन नदीकै बाटो नजाने भएकाले उक्त भारतीय बाटोबाट हुदै सुस्ता लैजानु पर्नेमा भारतीय प्रशासनले अहिलेसम्म अनुमति नदिएको कम्पनीको भनाइ । २ महिना अगाडी नदीमा ठुलो बाढी रहेको र अहिलेपनि नेपाल भारत नाकाका बन्द रहेको र चाडबाडले कामदारहरु आइनपुगेकाले काममा ढिलाइ भएको कम्पनीको दाबी छ ।

सुस्ता पुग्ने एकमात्र नेपाली बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । सुस्ताभूमि पुग्न नदीमा करिब ढाई ९२।५० किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्नु पर्दछ । उक्त यात्रा २ घण्टाभन्दा बढी लाग्ने गर्दछ । वर्षाको बेला नदीमा उच्च बाढीका कारण नदीमा डुङ्गा चलाइँदैन ।

रवीन्द्र जयसवालले सुस्ताबासीले नदीमा एउटा मोटरबोट सञ्चालनमा ल्याएका छन। जसबाट आवत जावत केहि मात्रामा सहज भएपनि अझै सर–सामानहरुको ढुवानी र हाटबजारमा पुल नहुँदा समस्या भैरहेको दुखेसो पोखे ।

सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । ३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको बसोबास बढी छ । करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता भूमि बर्षौंं देखिनै भारतीय पक्षद्धारा अतिक्रमण हुदै हाल १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र १९ हजार ५८० हेक्टर क्षेत्रफल भारतीय पक्षले विवादित भन्दै जोतभोगबाट रोक लगाएको छ । हाल सुस्ताबासीहरुको जोतभोगमा जम्मा ७ हजार हेक्टेयर क्षेत्रफल मात्र रहेको बताउँछन् । सुस्तामा बाटोघाटो, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधार समेतको समस्या वर्षौंदेखि नै यस्तै छ । यस वर्षबाट सुस्तामा सोलारबाट बिजुलीको पहुँच भएको छ भने अरु समस्या यथावत नै छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर