Aamsanchar

शरणार्थीहरुलाई पनि नेपाली नागरिक सरह कोभिड–१९ को परीक्षण तथा उपचार गरिने

Author Image
बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा रहेका शरणार्थीहरुलाई पनि नेपाली नागरिक सरह कोभिड–१९ को परीक्षण तथा उपचार गर्न निर्देशन दिएको छ ।

कोभिड–१९ को लक्षण देखिएकाहरुलाई सरकारी प्रयोगशालामा निःशुल्क परीक्षण र सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय छ । विभिन्न देशमा आएर नेपालमा शरणार्थी भई बसेकाहरुलाई शरणार्थी परिचय पत्रका आधारमा कोभिड-१९ को परीक्षण तथा उपचार गनै मन्त्रालयले भनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर