Aamsanchar

नेकपा सचिवालय बैठक सुरु

Author Image
शनिवार, मंसिर १३, २०७७

काठमाडौं । नेकपा सचिवालय बैठक सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने कार्यसूचि रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस अघिको बैठकमा एकल प्रस्ताव पेश गरेपछि त्यसको जवाफमा ओलीले पनि लिखित प्रस्ताव तयार पारेका हुन् । यसकै लागि मंसिर ३ गतेबाट आजसम्मका लागि बैठक सारिएको थियो । प्रतिवेदनमा पार्टीभित्रको गतिरोधको निकासदेखि महाधिवेशसम्मका विषय समावेश गरिएको स्रोतले बताएको छ । 

आजको बैठक पार्टीभित्रको विद्यमान विवाद समाधानमा केन्द्रित हुने बताइएको छ । ओलीले पार्टी तथा सरकार एकलौटी ढंगले सञ्चालन गरेको भन्दै प्रचण्डले एकल प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । 

यसअघी सचिवालय बैठकको पूर्वसन्ध्यामा शुक्रबार साँझ सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको थियो । पोखरेल गौतमलाई भेट्न गौतम निवास भैसेपाटी पुगेका थिए ।  गौतमलाई आफ्नो पक्षमा ल्याउन सके सचिवालयमा बहुमत पुग्ने अपेक्षासहित ओलीले पोखरेललाई आफ्नो सन्देशसहित गौतम निवास पठाएका थिए ।  

यसअघि पनि ओलीले गौतमलाई बालुवाटार बोलाएर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । उनले आफूलाई समर्थन गरे सरकारमा रोजेर मन्त्रीपद दिनेसमेत आश्वासन दिएका थिए ।  जवाफमा गौतमले पहिला स्वच्छाचारी पवृत्ति त्याग्न सुझाव दिएका थिए । नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा बहुमत छ । प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर