Aamsanchar

कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्ट संचालन

Author Image
शनिवार, मंसिर १३, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित कालिस्थान माविमा आज बुधबार एक कार्यक्रमकाबिच वाटर ट्रिटमेन्ट प्लान्ट पानी शुद्धिकरण गर्ने मेसिनको उद्धघाटन गरिएको छ ।

उक्त प्लान्टको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरे र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

विद्यालयका विद्यार्थी र आसपासका स्थानीयबासीमा शुद्ध पानीको पहुँच पु¥याउने उद्देश्यले वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गरिएको हो । विद्यालयमा समुदायकालागि १ वटा , विद्यार्थीले प्रयोग गर्ने गरि ४ वटा तथा कोरोना संक्रमणलाई मध्यनजर गर्दै हात धुनकालागि १ वटा गरी जम्मा ६ वटा धारा जडान गरिएको छ । प्रतिघण्टा १ हजार लिटर पानी प्रशोधन गर्न सक्ने उक्त प्लान्टको क्षमता रहेको बताइएको छ । गैर सरकारी संस्था वर्क फर नेपालको ६ लाख रुपैयाँको लागतमा उक्त प्लान्ट निर्माण भएको हो ।

नेकपा प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको विशेष अतिथिमा नगरप्रमुख हरिकुमार राना रहेका थिए । कार्यक्रममा काली स्थान माध्यमीक विद्यालयका इन्द्र उप्रेती, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सन्तबहादुर तामाङ, ९ नम्बर वडा सदस्य हरिमाया भण्डारी लगायतको आतिथ्यता रहेको थियो । वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष केशव भण्डारीले गरेका थिए ।

प्लान्ट निर्माण सम्पन्न भएसंगै विद्यालयका करिब पाँच सय विद्यार्थी र आसपासका स्थानीयबासीलाई प्रत्यक्ष लाभ पुग्ने वर्क फर नेपालले अपेक्षा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 453

प्रतिक्रिया (०)

सम्बन्धित खबर