Aamsanchar

सुनको भाउ लगातार ओरालो

Author Image
सोमवार, मंसिर १५, २०७७

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । आइतबारको तुलनमा सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले  घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ सोमबार भने ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार भने तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सोमबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार १ सय २० रुपैयाँमा झरेको छ । यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो ।

कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो । नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर