Aamsanchar

दक्षिण सुडानमा कार्यरत नेपाली सैनिकले स्थानीयलाई ठूलो जातीय हिंसाबाट जोगाए,राष्ट्रसंघले गर्यो उच्च प्रशंसा

Author Image
सोमवार, मंसिर १५, २०७७

काठमाडौं : शान्ति स्थापनार्थ दक्षिण सुडानमा कार्यरत नेपाली सैनिकले स्थानीयलाई ठूलो जातीय हिंसाबाट जोगाएका छन्। चोरी गर्न आएको कोङगर जातिको एक व्यक्तिको मृत्यु भएको घटनाले कोङगर तथा ऐल जातिका मानिसहरुबीच हिंसाको रूप लिएको थियो। हिंसा भड्किन सक्ने खबर प्राप्त हुनासाथ युएन एमआई एसएस क्युवेट इलाकामा तैनाथ श्री कालिध्वज गणअन्तर्गतको टेम्प्रोअरी अप्रेटिङ टिओबीबाट खटिएको नेपाली सैनिकको टोलीले दुई पक्षबीचको झडप रोकेको नेपाली सेनाले जनाएको छ।

टिओबीबाट सह-सेनानी विज्ञान विष्टको कमाण्डमा टोली खटिएको थियो। दक्षिण सुडानमा दुईपक्षबीच हिंसात्मक झडप पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानको संयुक्त राष्ट्रसंघले समेत उच्च प्रशंसा गरेको नेपाली सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर