Aamsanchar

जनकपुर विमानस्थलमा निर्माण गरिएको नयाँ टर्मिनल भवनको उद्घाटन

Author Image
मङ्गलवार, मंसिर २३, २०७७

काठमाण्डौ – जनकपुर विमानस्थलमा निर्माण गरिएको नयाँ टर्मिनल भवनको उद्घाटन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नु भएको हो ।

जनकपुरलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको पनि विमानस्थलले जनाएको छ । जनकपुर विमानस्थलमा धावन मार्ग र पार्किङ स्थल फराकिलो बनाइएको छ भने वारुण यन्त्र र एक्सरे मेसिनसहितका संरचना पनि थपिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर