Aamsanchar

शनिबार यस्ता ११ काम भुलेर पनि नगर्नुहोस्

Author Image
शनिवार, मंसिर २७, २०७७

दीशा, बार, ग्रहआदीको हेक्का राखी गरिएका कामहरु सफल हुने दाबी ज्यातीषविज्ञान, वास्तुशास्त्रले गरेका छन् । केही महत्वपूर्ण वास्तु टिप्सहरु यस्ता छन् जसले तपाईंका कामलाई सफल पार्न भूमिका खेल्छन् ।

१, कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन।

२, मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन्।

३, उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण  पूर्व कोणमा राख्दा लगभग घरको सबै काम कुरा ठीक हुँदै जानेछन्।

४, दक्षिण पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ।

५, सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ।

६, विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस्।

७, हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन। पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ।

८, दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ।

९,दक्षिण पूर्व कोणमा बस्दा मान सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ।

१०, दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ।

११, शनिबारको दिन पिपल वृक्षलाई चिनी  पानी, चिनी–चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ।

यो सामाग्री धेरै भन्दा धेरै शेयर गरेर अरुलाई पनि जानकारी गराऔं

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१