Aamsanchar

जापान जाने निवेदनकर्ताहरुलाई आवश्यक कागजात पेश गर्न वैदेशिक रोजगार विभागको आग्रह

Author Image
सोमवार, मंसिर २९, २०७७

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि जापान जाने नेवदनकर्ताहरुलाई आवश्यक कागजात अनिवार्य पेश गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । निवेदनका साथ स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र कम्पनीसँगको करारनामाको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्नेछ ।

यस्तै योग्याताको प्रमाणपत्र (सीओई) र कम्पनी सञ्चालनको अनुमतिपत्र (लाइसेन्स टु रन कम्पनी) जाप्निज भाषामा भएमा आधिकारिक निकायबाट अनुवाद गरिएको हुनुपर्ने विभागले जनाएको छ । नेपाली व्यक्तिको कम्पनी भएमा कम्पनी सञ्चालकको रेजिडेन्सी कार्ड तथा सञ्चालक जाप्निज भएमा परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।

उल्लेखित कागजात कम्पनीको वेबसाइटमा उल्लेख भएको मेल तथा वेबसाइट नभएको कम्पनीले आफ्नो कम्पनीको डोमेन तथा कर्पोरेट मेलबाट वैदेशिक रोजगार विभागको मेल [email protected] मा पठाएको हुनुपर्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर